काठमाडौं । सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक एक साताभित्र बाेलाउनका लागि परमादेश जारी गरेकाे छ । अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गरी दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो । अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ ।
याे पनि पढ्नुहाेस् ।
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश