आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापनापछि नेता खतिवडाको प्रतिक्रिया : तानाशाही ओली युगको अन्त्य

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापनापछि नेता खतिवडाको प्रतिक्रिया : तानाशाही ओली युगको अन्त्य

काठमाडौं ।  नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले तानाशाही ओली युगको अन्त्य भएको बताएका छन् ।

सर्वाेच्च अदालतले संसद पुनस्थापना गरे लगत्तै नेता खतिवडाले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा देश नयाँ ढंगले अगाडि  बढ्छ सामाजिक संजालमा उनले लेखेका छन् ।   

सोमबार सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ  ।  

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend