
काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला नेता कार्यकर्तालाई आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ ।’
उनले आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन भएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन । निर्दलीय शाशन व्यवस्थाकाे पुन: विजारोपण भएको दिन । व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाममा सेटिङ वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण ।’
अब देश राजनैतिक द्वन्दमा प्रवेश गरेकाे पनि उनले उल्लेख गरेका छन् । यो परमादेश कार्यान्वयन गर्न असम्भव भएकेा उनकाे जिकीर छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend