काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले गरेको फैसला राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउने विवेकपूर्ण फैसला भएको प्रतिक्रिया दिएका छन् ।
शर्माले ट्वीटरमार्फत अदालतकाे फैसला राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउने विवेकपूर्ण फैसला भएको बताएका हुन् । उनले ट्वीटरमा लेखेका छन् ‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला ! लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम । ‘
उनले अब केवल सरकार निर्माण मात्र नभइ इतिहास निर्माणको अवसरका रुपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा आएको पनि जनाएका छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न साेमबार परमादेश जारी गरेकाे हाे ।