logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • अदालतको फैसलालाई स्वागत गर्दै योगेश भट्टराईले भने, ‘संयम र धैर्यताका साथ अघि बढौँ’

    अदालतको फैसलालाई स्वागत गर्दै योगेश भट्टराईले भने, ‘संयम र धैर्यताका साथ अघि बढौँ’

    3K
    Shares

    काठमााडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभाको पुन स्थापना गर्ने सर्वोच्चको फैसलालाई आफूले स्वागत गर्ने बताएका छन् । 

    प्रतिनिधि सभाको बाँकी कार्यकालको सुनिश्चिततासहित एमालेको एकतालाई जोगाउन संयम र धैर्यताका साथ अघि बढ्न पनि उनले आग्रह गरेका छन् । 

    उनले भनेका छन्, ‘सवोच्च अदालतको संबैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस् स्थापना गर्ने गरी गरेको आदेसको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु ।’

    त्यस्तै उनले संसदभित्र र बाहिर पनि एमाले एकता एक ढिक्का रहनेमा आफू विश्वस्त रहेको बताएका छन् । फेसबुकमार्फत उनले भनेका छन्, ‘आइतबार भएको १० बुँदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने बिश्वास ब्यक्त गर्दछु ।’

    सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएसँगै विभिन्न नेताहरुको मिश्रित धारणा आइरहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend