बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको छ : माओवादी

सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको छ : माओवादी

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसलाको स्वागत गरेको छ ।

फैसलालाई आफ्नो पार्टीले स्वागत गर्ने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने– ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको छ ।’

उनले प्रतिनिधि सभा विघटनको पक्षमा लागेका राजनीतिक दलहरू र नागरिकहरूलाई धन्यवाद पनि दिए । सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend