काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुन स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वाग गर्दै संविधान र लोकतन्त्रको जित भएको बताएका छन्।
अदालतको फैसलापछि पनि आफूहरुको पाँच दलको सहकार्य चुनावसम्म नै रहने बताए । प्रचण्डले भने,‘अब पनि गठबन्धनकै सरकार बन्छ र सरकारमात्र होइन अलि परसम्म नै यो गठबन्धनमार्फत् राष्ट्र र जनताको हितमा समर्पित भएर लाग्ने हाम्रो प्रतिबद्धता छ।’
उनले पूरै एमाले माधव नेपालकै नेतृत्वमा आउनेस्थिती बन्यो भने पनि गठबन्ध झनै राम्रोसँग अघि बढ्ने बताए । उनले भने, ‘‘ मलाई विश्वास छ। पुरै एमाले माधव नेपालकै नेतृत्वमा आउनेछ। त्यस्तो स्थिति बन्यो भने धेरै राम्रो हुन्छ। यदि त्यस्तो भएन भने पनि माधवजीको नेतृत्ववाला जुन टिम छ त्यो टिमचाहिँ गठबन्धनलाई जोगाएरै लाने हुन्छ। हाम्रो कोशिस पनि उहाँलाई सहयोग गर्ने नै हुन्छ।’