काठमाडौं । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अब संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिन र प्रतिगमकारीलाई दण्डित गर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभा पुन स्थापना गर्ने सर्वोच्चको फैसलालाई स्वागत गर्दै डा. भट्टराईले प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनस् एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई बधाई दिएका छन् ।
उनले भनेका छन्, ‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिकरप्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनस् एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ/धन्यवाद । अब कुनै किन्तुपरन्तु गर्ने ठाउँ छैन। संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिउँ स प्रतिगमनकारीलाई दण्डित गरौँ ।’
सोमबार दिउँसो सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।