काठमाडौं । विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेशपछि बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।
देउवाको नेतृत्वमा सहमतीय सरकार बनाउने विषयमा छलफल भएकाे र सरकारमा माधव नेपाल समूह पनि सहभागी हुने बताइएकाे छ ।
संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले मगंलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ । बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको समेत बुझिएको छ ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल समूह, जसपा (उपेन्द्र बाबुराम पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी रहेका थिए ।