logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • ल्याइदिएकाे खाेप लगाएर भाेलिदेखि नयाँ सरकारले खाेप ल्यायाे भनी चर्चा सुरु हुन्छ : ओली 

    ल्याइदिएकाे खाेप लगाएर भाेलिदेखि नयाँ सरकारले खाेप ल्यायाे भनी चर्चा सुरु हुन्छ : ओली 

    1.8K
    Shares

    निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाेलिदेखि नयाँ सरकारले खाेप ल्यायाे भनी चर्चा सुरु हुने बताएका छन् । मंगलबार देशबासीका नाममा सम्बाेधनका क्रममा उनले देश कोभिड विरुद्धकाे खाेप आइरहेकाे र अब खाेप अभाव नहुने दाबी गरे । 

    ‘ल्याइदिएकाे खाेप लगाएर फाेटाे खिचेर  नयाँ सरकारले खाेप ल्यायाे भनी चर्चा सुरु हुनेछ । मानाैँ उनीहरुले जादु गरेर आजै खाेप ल्याए । मलाई प्रचारकाे प्रतिस्पर्धा गर्नु छैन । देश र जनताकाे लागि काम गर्ने हाे ।’ सम्बाेधनका क्रममा ओलीले भने । 

    अमेरिका, जापान, चीनलगायतका मुलुकबाट अब धमाधम खाेप आउने र अब अभाव नहुने उनकाे भनाइ थियाे ।

    ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताए । ओलीले भने, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’

    सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको ओलीले बताए । ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्रति इमान्दारिताका साथ समृद्धि, सुशासन, विकासलाई ध्यान राखेर काम गरेको छु,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend