काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे प्रधानमन्त्रीको हैसियतमा याे कार्यकालको उनको यो सम्बोधन नै अन्तिम बन्यो । सर्वोच्चको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरिसकेकी छिन् ।
ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट करिब एक घण्टा सम्बोधन गरे । सम्बोधनमा ओलीले आफूलाई पार्टी भित्रका र बाहिरका मानिसले काम गर्न नदिएको आरोप लगाए भने सर्वाेच्चकाे फैसलामा पनि उनले प्रश्न उठाए ।