logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • बिदा भए सिंहदरबारबाट अर्थमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री

    बिदा भए सिंहदरबारबाट अर्थमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री

    2.9K
    Shares

    काठमाडाैं । वर्तमान सरकारको असामयिक बहिर्गमनसँग सिंहदरबारबाट मन्त्रीहरुको बिदाइ गरिएको छ । 

    सिंहदरबारमा मंगलबार अपरान्ह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बिदाइ भएको छ । अर्थ मन्त्रालयमा दोस्रो पटक मन्त्रीको रुपमा आएका मन्त्री पौडेलले आफ्नो कार्यकाल सफल भएको बताएका छन् । आफूले निष्ठापूर्वक काम गरेकोले सन्तुष्ट हुँदै बिदा भएको बताए ।

    कार्यभार सम्हाल्ने समयमा चुनौतीको चाङ रहेको स्मरण गरी मन्त्री पौडेलले कर्मचारीको सहयोगले सहजताका साथ काम गरेको बताए ।

    अर्थमन्त्री पौडेलले सरकारमा आउने जाने काम निरन्तर हुने हुँदा अनौठो मान्न नहुने बताए । 

    यस्तै, सिंहदरबारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङको पनि बिदाइ गरिएको छ । 

    भौतिक मन्त्री नेम्वाङले आफूले चाहेजस्तो गरी कर्मचारीहरुको सहयोग पाएका कारण राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सकेको बताए । कर्मचारीहरुका साथका कारण आफूले मन्त्रालयको शाख गिर्न नदिएको उनले बताए । 

    उनले ओली नेतृत्वको सरकारले विकास निर्माणको कामलाई तीव्रता दिएको पनि उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend