काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा उल्लेख गर्ने विषयमा अहिले राष्ट्रपति निवास शीतलनिवासमा छलफल भइरहेकाे छ । यही कारण अहिलेसम्म देउवाकाे शपथ हुन सकेकाे छैन ।
पत्र सच्याउने विषयमा अहिले राष्ट्रपतिसँग छलफल भइरहेको छ । यसअघि प्रधानमन्त्री नियुक्तिका विषयमा राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिको भाषा सच्याउन देउवाले माग गरेका थिए । उनले विज्ञप्ति नसच्याएसम्ममा प्रधानमन्त्रीमा शपथ नलिने पनि बताएका थिए ।
राष्ट्रपतिले जारी गरेकाे विज्ञप्तिमा संविधानकाे धारा नै उल्लेख नगरी देउवालाई प्रधानमन्त्री नियुक्ति गरिएकाे थियाे । राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् ।
यस्ताे छ विज्ञप्ति :