logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • राष्ट्रिय युवासंघ नेपालले जलायाे माधव नेपालकाे पुत्ला 

    राष्ट्रिय युवासंघ नेपालले जलायाे माधव नेपालकाे पुत्ला 

    2K
    Shares

    काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुत्ला दहन गरिएको छ । 

    सोमबार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो । 
     
    प्रदर्शनमा युवासंघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक कलंकको टीका भएको बताए । उनले नेपालसहित फ्लोर क्रस गर्ने २२ जना सांसदको निर्वाचन क्षेत्रमा पनि आज प्रदर्शन कार्यक्रम भइरहेको बताए । 

    ‘हामीले माधव नेपालको घरअघिबाट उहाँलाई चेतावनी दिएका छौँ,’ सदस्य चौलागाईंले भने, ‘गद्दारीका काम गर्ने भ्रष्ट र विदेशी दलालबाट चल्ने, मतियार बोकेका माधव नेपालजस्तालाई तह लगाउन अब युथ फोर्स नेपाल र राष्ट्रिय युवासंघ नेपाल जन्मिसकेको छ ।’

    सूर्य चिन्हबाट चुनाव जितेर आफूले रुखमा भोट हाल्न लगाउनु गद्दारीको पराकाष्टा भएको समेत सदस्य चौलागाईंकाे भनाइ थियाे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend