तस्बिर : रासस
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बोलाइएको छ ।
बैठक तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा आज अपराह्न ३ बजेका लागि डाकिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने माधवकुमार नेपालसहित २२ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
देउवालाई मत दिनेमा एमालेका माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।