काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।
मंगलबार बिहान प्रचण्ड नेपाल निवास पुगेर फर्किएपछि जसपा अध्यक्ष यादव कोटेश्वर पुगेका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड ९ बजेतिर फर्किए । प्रचण्ड फर्किएलगत्तै यादव नेपाल निवास पुगेका हुन् ।
उनीहरुबीच के कुरा भयो भन्ने बारे थाहा भएको छैन । तर पछिल्लो समसामयिक राजनीतिक विषयवस्तु र अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भएको बुझिएको छ ।