logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

    अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

    20.3K
    Shares

    एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा पक्राउ परेका छन् । राज कुन्द्रालाई सोमबार राति मुम्बईको अपराध शाखाको प्रहरीले पक्राउ गरेका हुन् ।

    उनीमाथि अश्लिल फिल्म बनाएको आरोप लागेको छ । मुम्बई प्रहरीले पर्याप्त प्रमाणको आधारमा सोधपुछका लागि राजालाई पक्राउ गरिएको बताएको छ । 

    मंगलबार बिहान ११ बजे राजलाई कोटमा पेश गर्ने मुम्बई पुृलिसको तयारी रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

    राज कुन्द्राविरुद्ध अश्लिल फिल्म बनाएर फरक फरक ओटिटी प्लेटफर्ममा रिलिज गरेको आरोपसहित मुम्बई पुलिसको अपराध शाखाले रिट दर्ता गरेको थियो । यही आधारमा छानविन गर्दा चार जना पक्राउ परिसकेका छन् । उनीहरुको बयान र प्राविधिक प्रमाणको आधारमा राजलाई पक्राउ गरिएको मुम्बई पुलिस कमिश्नरले बताएका छन् । 

    एक एपमार्फत फिल्म रिलिज हुने गरेको र उक्त एपको मालिक राज कुन्द्रा रहेको मुम्बई पुलिसले उल्लेख गरेको छ । तर, राजले भने यो घटनासँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend