काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भएका छन् ।
पछिल्लो समय राजनीतिक दलका शीष नेतृत्वसँग भेटघाटलाई तिब्रता दिएका विप्लबले मंगलबार ओलीलाई भेट्न लागेका हुन् । उनले यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’ र जनता समाजवादी पार्टी ९जसपा० सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटेका थिए ।
ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएपछि विप्लव भूमिगत थिए । तर ओली नेतृत्वकै सरकारसँग तीन बुँदे सहमति भएपछि उनी मूलधारको राजनीतिमा फर्किएका छन् । तर अझैपनि तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन नभएको विप्लवको गुनासो छ ।
उनले नेताहरूसँगको भेटमा तीन बुँदे सहमतिको कार्यान्वयन तथा अझै हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै आएका छन् ।