logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • ओली र विप्लवबीच बालकाेटमा भेटवार्ता

    ओली र विप्लवबीच बालकाेटमा भेटवार्ता

    1.7K
    Shares

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।  

    निवर्तमान प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोलासहित बालकोट पुगेका विप्लवले ओलीसँग तीन बुँदे सहमतिको कार्यान्वयन र पछिल्लो राजनीतिक घटनाक्रमको बारे छलफल गरेका छन् । 

    पछिल्लो समय राजनीतिक दलका शीष नेतृत्वसँग भेटघाटलाई तिब्रता दिएका विप्लबले मंगलबार ओलीलाई भेटेका हुन् । उनले यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’ र जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटेका थिए ।

    ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएपछि विप्लव भूमिगत थिए । तर ओली नेतृत्वकै सरकारसँग तीन बुँदे सहमति भएपछि उनी मूलधारको राजनीतिमा फर्किएका छन् । तर अझैपनि तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन नभएको विप्लवको गुनासो छ ।

    उनले नेताहरूसँगको भेटमा तीन बुँदे सहमतिको कार्यान्वयन तथा अझै हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै आएका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend