काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग झण्डै एक घण्टा छलफल गरेपछि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
स्रोतका अनुसार प्रचण्ड र देउवाबीच सरकार संचालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ। प्रधानमन्त्री देउवालाई भेट्नुअघि प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । नेपाल र प्रचण्डबीच समसामयीक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ ।
नेपाल निवासबाट प्रचण्ड बारिहिए लगत्तै जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव नेपाल निवास कोटेश्वर पुगेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नदेखि संसद्मा विश्वासको मतसम्म दिएपछि एमालेभित्र भने नेपालको चर्को आलोचन भएको छ ।