काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने विषयमा सहमति भएको छ ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनिक गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा देउवा र प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको बालुवाटार निकट स्राेतले जानकारी दियाे ।
यसअघि मंगलबा बिहान अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर सरकार सञ्चालनका बारेमा छलफल भएको थियो ।
उक्त भेटमा समेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने विषयमा छलफल भएको थियो । ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै तीन दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो ।