काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले मधेशको माग सम्बोधन गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सकारात्मक पहलका लागि धन्यवाद दिएको छ । आफूहरुको माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएकाले विश्वासको मत दिएको भनी माग चाँडो पूरा गर्न ध्यानाकर्षण पनि गराइएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा मंगलबार सम्पन्न ठाकुर पक्षीय कार्यकारिणी समितिको बैठकले ओलीलाई धन्यवाद र देउवालाई माग सम्बोधनका लागि ध्यानाकर्षण गराएको हो ।
संविधान संशोधन, झुठा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका राजवन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसंख्याको अनुपातमा पुनसंरचनालगायतका समस्या समाधान गर्ने प्रतिवद्धता प्रधानमन्त्री देउवाले जनाएको ठाकुर पक्षको भनाइ छ ।
हेर्नुहाेस् विज्ञप्ति :