logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • जनताको तागतका अगाडि देशीविदेशी प्रतिगामी तत्व परास्त भए : प्रचण्ड

    जनताको तागतका अगाडि देशीविदेशी प्रतिगामी तत्व परास्त भए : प्रचण्ड

    2.6K
    Shares

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिन समुदायको कटौति  र अधिकारको पुनर्वहालीको अवसरको रुपमा मनाउन आग्रह गरेका छन्। 

    मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैलाई शुभकामना दिँदै पछिल्लो चरण देशीविदेशी प्रतिक्रियावादीबाट हमला भएको र ती तत्वहरु जनताको तागत अगाडि परास्त भएको बताए । 

    उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिििक्रयावादीहरुबाट हमला गर्ने काम भए । समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्वहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु । ’

    उनले यस पर्वले सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । 

    prachanda-bakar eid.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend