काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा ठाकुरले प्रधानमन्त्री समक्ष जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाई, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा छलफल गरेका बालुवाटार स्रोतले जानकारी दिएको छ ।
जवाफमा देउवाले विश्वासको मत दिएकोमा धन्यवाद दिँदै मधेशका माग सम्बोधन गर्न आफू सधैं तयार रहेको बताएका छन्।