काठमाडौं । पुष्पलाला स्मृति दिवसको अवसरमा शुक्रबार नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेताले एकै मञ्चबाट मन्तव्य दिने भएका छन्।
शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्न लागेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रम ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा हुने छ । दिउँसो साढे १२ बजे कार्यक्रम हुँदैछ ।
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा महासचिव नेक्रविक्रम चन्दलगायत कम्युनिस्ट पार्टीका शीर्ष नेता सहभागी हुँदैछन् ।
त्यस्तै, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पनि प्रवचन दिने कार्यक्रम रहेको छ ।
केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार एमाले अध्यक्ष ओलीलाई भने कार्यक्रमा बोलाइएको छैन।