काठमाडाैं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वार्षिक ७ दिन आन्तरिक भ्रमणका लागि बिदा लिनैपर्ने व्यवस्था गरेको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि बैंकका कर्मचारीले आफ्नो वार्षिक विदामध्ये १ हप्ता आन्तरिक भ्रमणका लागि छुट्याउनुपर्ने बैंकले व्यवस्था गरेको हो ।
कोभिड महामारीको अवस्थाले विदेशी पर्यटकहरुको आवत–जावतमा कमी आइरहेको यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुले अनिवार्य रुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकमा अहिले तीन हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।
यस बैंकको ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्र मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।