logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • प्रचण्ड र नेपाल अलि उदार, ओली अहमवादी : वैद्य

    प्रचण्ड र नेपाल अलि उदार, ओली अहमवादी : वैद्य

    2.2K
    Shares

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्य ‘किरण’ ले पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र केपी ओलीलाई तुलना गरेका छन् । शुक्रबार राजधानीमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड र नेपाललाई ‘उदार’ र ओली ‘परम अहमवादी’ भएको बताएका हुन् ।

    ‘माधव कमरेड अलि उदार हुनुहुन्छ । कम्युनिस्ट नै लाग्छ । प्रचण्डजी पनि अलि उदार हुनुहुन्छ, राम्रै लाग्छ’, उनले भने, ‘तर ओलीजी त अहमब्रह्मात्मी, म भन्दाबाहेक अरू कोही छैन भन्ने उहाँको विचार छ ।’ नेताहरूमा व्यक्तिगत ‘इगो’ हुँदा पार्टी फुट्ने भएकाले नेकपा फुट्नुमा पनि त्यही कारक तत्व रहेको वैद्यले बताए । प्रचण्ड, ओली र नेपालमा ‘इगो’ भएकैले नेकपा फुटेको उनले बताए । 

    उनले धेरै कम्युनिस्ट पार्टीहरू भएको र विभिन्न विचारधारमा विश्वास गर्ने भएकाले धार मिल्नेजति  एक भएर जानुपर्ने बताए । ‘एकखाले कम्युस्टिहरू संसद्वादी हुनुहुन्छ, उहाँहरू नफुट्नुहोस् एक हुनुहोस्’, उनले भने, ‘क्रान्तिकारी धारहरूले पनि एकता गरौँला ।’

    उनले मुलुकमा दुई धारका कम्युनिस्टको दुई वटा कम्युनिस्ट पार्टी बनाउने प्रस्ताव गरे । संसदीय कम्युनिस्टले सदन र सत्ताबाट आन्दोलन गर्नुपर्ने र सडकमा भएकाले क्रान्तिकारी आन्दोलन गर्नपर्ने उनले बताए ।

    ‘तर सडकमा भएकाले आन्दोलन गर्दा सत्तामा भएका कम्युनिस्टले दमन नगर्नुहोस्’, उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend