काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको राजनीतिमा देखिएको संकट कम्युनिस्ट आन्दोलनको संकट भएको बताएका छन् ।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा नेता बास्तोलाले कम्युनिस्ट आन्दोलनमा देखा परेको संकटका कारणले नै नेपाली राजनीतिमा संकट परेको बताए ।
नेता बास्तोलाले नेपालको राजनीतिमा देखापरिरहेको संकट कम्युनिस्टको संकट भएको समेत बताए । साथै नेता बास्तोलाले सामन्तवर्गको हातमा रहेको सरकार अहिले दलाल र पुँजीपतिको हातमा रहेको बताए ।
‘नेपालको राजनीतिमा देखापरिहेको संकट वास्तवमा कम्युनिस्टको संकट हो, कम्युनिस्ट आन्दोलनमा देखा परेको संकटको कारणले नेपाली राजनीतिमा संकट देखापरेको छ ।
नेपाली जनताको हातमा शासन व्यवस्था गएन, राज्यप्रणाली गएन, नेपालको शासन दलाल पूँजीपतिको हातमा गयो, हिजो सामन्तवर्गको हातमा थियो आज दलाल पूँजीपति वर्गको हातमा छ ।’
नेता बास्तोलाले नेपालमा आधारभूत परिवर्तन नभएको समेत बताए ।