काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ ।
पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जनबारे छलफल गर्नका लागि बैठक बस्न लागको हो । शुक्रबारदेखि जारी बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे नेताहरुबीच छलफल भएपनि ठोस मिति भने तय हुन सकेको छैन ।
कांग्रेसलाई भदौभित्र महाधिवेशन गर्नै पर्ने कानूनी बाध्यता छ ।