२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ठगी र सम्पत्ति शुद्धीकरण मुद्दाकी फरार आरोपी टिकटकर तुल्सा अधिकारी पक्राउ

आइतवार , जेठ १७, २०८३

काठमाडौं । साढे ६ करोड रुपैयाँभन्दा बढी ठगी र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दामा फरार रहेकी चर्चित टिकटकर तुल्सा अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छन् । इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरी खोजी भइरहेकी अधिकारीलाई पक्राउ गरेर नेपाल ल्याइएको हो ।

ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी गौतम मिश्रका अनुसार उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा राखेर कानुनी प्रक्रिया अघि बढाइएको छ।

अधिकारीविरुद्ध कुल रु ६ करोड ५२ लाख २९ हजार ७५ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। ललितपुरको सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले उनीविरुद्ध गत साउन महिनामै प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए।

जाहेरी परेलगत्तै अधिकारी फरार भएकी थिइन्। अनुसन्धानका क्रममा प्रहरीले उनको बैंक खाता जाँच गर्दा शङ्कास्पद रूपमा ठुलो रकमको कारोबार भेटिएपछि ठगीसँगै सम्पत्ति शुद्धीकरण विभागमार्फत पनि अनुसन्धान अगाडि बढाइएको थियो।

नेपालबाट फरार भएर उनी विदेश पुगेको खुलेपछि नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) ले उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । सोही नोटिसका आधारमा थाइल्यान्डमा पक्राउ परेकी अधिकारीलाई आवश्यक कानुनी समन्वय गरी नेपाल फिर्ता ल्याइएको हो ।

प्रहरीले उनीमाथि लागेको ठगी तथा सम्पत्ति शुद्धीकरण कसुरमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ