२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

ओली कै अध्यक्षतामा पुनर्गठन कार्यदलको बैठक

मंगलवार , जेठ २६, २०८३

काठमाडौं / नेकपा एमाले सचिवालयका अधिकाशं सदस्यहरुले पार्टी पुनर्गठनका लागि अध्यक्ष ओलीले पद छाड्नु पर्ने बताउदै आएपनि नेतृत्व नछाड्ने अडानमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठनको बहसलाई थप अर्थ दिने गरी गठित कार्यदलको पहिलो बैठकमा स्वयं सहभागी भएका छन् ।

 एमाले केन्द्रीय कार्यालय च्यासल मा सुरु भएको बैठकमा ओली सहभागी भएका हुन् । बैठकमा कार्यदल संयोजक रामबहादुर थापा सहित उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा तथा महासचिव शंकर पोखरेल सहभागी छन् । केही दिन अगाडी सम्पन्न सचिवालयको बैठकले पार्टी उपाध्यक्ष थापाको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट