२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

बिपक्षी सांसदहरुले सभाको अपमान गरेको भन्दै सभामुखको आपत्ति

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बिपक्षी सांसदहरुले सभाको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुख अर्यालले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी समय तोकेर सभाको अपमान भएको भन्दै आपत्ति जनाएका हुन् ।

सभामुखले सभा सञ्चालन गर्दैगर्दा सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफैँले समय तोक्ने कामले सभामाथि अपमान भएको उनले बताए । उनले सभामा बिपक्षी सांसदहरुको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । 

त्यसअघि कांग्रेसका सचेतक राईले नेपाल देशलाई एकीकरण गर्न र एकताबद्ध राख्न योगदान गर्नेको सम्मानका लागि मौन धारणका लागि आग्रह गरेका थिए । त्यसपछि बिपक्षी सांसदहरु मात्रै मौनधारणका लागि उठेका थिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट