काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् पुनर्गठन अन्तर्गत नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गरिएको मन्त्रिपरिषद् पुनर्गठनपछि राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा सुधन गुरुङले गृह मन्त्री तथा महावीर पुनले विज्ञान तथा नवप्रवर्तन मन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् ।
गृह मन्त्रालयबाट बाहिरिएको ४९ दिनपछि गुरुङ पुनः गृह मन्त्रीको जिम्मेवारीमा फर्किएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू तथा सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद् पुनर्गठनसँगै दुवै मन्त्रीले आफ्नो कार्यभार सम्हाल्नेछन् । मन्त्री गुरुङलाई मन्त्रीपरिषदमा पाचौ वरियातक्रममा राखिएको छ भने पुन लाई आठौमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस