२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि

मंगलवार , जेठ २६, २०८३

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेसण पठाएका छन् ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३ दशमलव तीन प्रतिशतले बढेको थियो । गत वैशाख महिनामा विप्रेषण आप्रवाह रु दुई खर्ब ५७ अर्ब ४९ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ६५ अर्ब ३० करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ६ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट