२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

गृहमन्त्री गुरुङले गरे पदभार ग्रहण, दरबार हत्याकण्डको फाइल खोल्ने निर्णय

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् । 

मंगलबार शितल निवासमा पदभार ग्रहण गरेपछि सिंहदरबारस्थीत मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

गृहमन्त्री गुरुङले पदभार सम्हाल्दै आफुमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरुलाई दुख दिएको सहन नसक्ने बताए ।  आफुमाथी तथ्यबिनै आरोप लगाएको उनले बताए । मिडिया ट्रायलकै कारण कोही ब्यक्तिले आत्महत्या गर्ने अबस्था नहोस् भन्ने कुरा उनले स्पष्ट पारे ।

त्यस्त, २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने उनले निर्णय गरे । जेनजी आन्दोलनको फौजदारी मुद्धा फिर्ता लिने बिषयमा अध्ययन गर्ने पनि उनले बताए ।

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गो लगाउने तथा हरेक फाइल खोल्ने उनले निर्णय गरे ।

WhatsApp Image 2026-06-09 at 6.57.09 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट