logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • बागलुङमा जिप दुर्घटना, ६ जना घाइते

    बागलुङमा जिप दुर्घटना, ६ जना घाइते

    3.9K
    Shares

    बागलुङ । बागलुङको गलकोट नगरपालिका(१ दुदिलाभाटिमा आइतबार साँझ जिप दुर्घटना हुँदा ६ जना घइते भएका छन् ।

    बागलुङ बजारदेखि गलकोटको हटिया बजार जाँदै गरेको ग २ च ९२४६ नम्बरको पिकअप जिप दुदिलाभाटीको झाक्रिस्थानमा ब्रेक फेल भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इक्वाल हवारीले बताएका छन् । 

    दुर्घटनामा परि गल्कोट नगरपालिका वडा नम्बर–६, जमुनडाँडा बस्ने वर्ष २२ का जीवन नेपाली, सोही स्थानका वर्ष २२ कै कृष्ण नेपाली, वर्ष २३ का गणेश नेपाली, बर्ष २३ का सुजन नेपाली, वर्ष २२ का कृष्ण नेपाली र चालक बरेङ गाउँपालिका–५ सुखौराका वर्ष २१ का यादव खत्री घाइते भएको छन् ।  

    घाइते मध्य सुजन नेपाली र केशब नेपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप सडकदेखि करिब ४० मिटर तल खसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend