logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • लुम्बिनीमा नयाँ सरकार आजै, गठबन्धन दलले बहुमतसहित हस्ताक्षर बुझायो

    लुम्बिनीमा नयाँ सरकार आजै, गठबन्धन दलले बहुमतसहित हस्ताक्षर बुझायो

    6K
    Shares

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ ।

    माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवं कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

    गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।

    लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएकोले प्रदेश प्रमुख शेरचनले केसीलाई बिहीबार नै मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने तयारी गरेका छन् । केसीले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समेत बताइएको छ ।

    अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । लुम्बिनी प्रदेशमा गठबन्धन दलका माओवाली र कांग्रेसले आठ–आठ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । माओवादीले जनयुद्ध दिवस फागुन २ गतेसम्म र कांग्रेसले फागुन ३ गतेदेखि सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend