logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • बागलुङमा निषेधाज्ञा कार्यान्वयनमा कडाई, डुल्दै गरेको भेटिए कोरोना सङ्क्रमित

    बागलुङमा निषेधाज्ञा कार्यान्वयनमा कडाई, डुल्दै गरेको भेटिए कोरोना सङ्क्रमित

    5.3K
    Shares

    बागलुङ । कोेरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञालाई जिल्ला प्रहरी कार्यालयले कडा पारेको छ । बिहीबारबाट कडा पारिएको बागलुङको निशेधाज्ञा कार्यान्वयन गराउन प्रहरीले सक्रियता देखाएको हो । यद्यपी, कोभिड १९ सङ्क्रमित नै खुलेआम सडकमा हिँडिरेहेको भेटिएको छ । 

    बागलुङको जैमिनी नगरपालिका घर भई बागलुङ बजारमा बस्दै आएका एक पुरुष कोरोना संक्रमित बजारमा हिँडिरहेको भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले बताए ।

    ‘निषेधाज्ञा कार्यान्वयनका लागि चेकजाँच गर्ने क्रममा एक जना कोरोना संक्रमित व्यक्ति पनि बजारमा हिँडिरहेको भेटियो,’ उनले भने, ‘हामीले केरकार गरेपछि ज्वरो आएकाले मेडिकलमा चेक गर्नका लागि हिँडेको भन्नुभएको थियो । हामीले अस्पताल पठाएका थियौं, अस्पतालले होम आईसोलेसनमा बस्ने गरी पठाएको छ ।’

    त्यसरी हिँडिरहेका संक्रमित पुरुषलाई आधा घण्टा होल गरेर अस्पताल पठाएको प्रहरीले जनाएको छ । अनावश्यक रुपमा बिना काम बजारमा डुल्नेहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।

    बागलुङ नगरपालिका—१ को रामरेखा र वडा नम्बर २ को लोकतान्त्रिक चोकमा गरी ६० जना भन्दा बढी अनावश्यक रुपमा हिँडिरहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर दुई घण्टा होल गरी छाडिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । ‘बिना काममा हिँड्नेहरुलाई नियन्त्रणमा लिएर दुई घण्टा सडकमै राखेर सचेत गराएर छोडेका छौं,’ उनले भने, ‘रामरेखाबाट ३० जना जति र बागलुङको लोकतन्त्र चोकमा ३० जना जतिलाई नियन्त्रणमा लिएर छाडिएको हो ।

    पछिल्लो समयमा कोरोना महामारी बढ्दै गएपछि प्रशासनले जिल्लाभर निषेधाज्ञा कडाई गरेको छ । साउन २८ गतेबाट भदौ ५ गतेसम्म लागू गरिएको निषेधाज्ञामा अत्यावश्यक बाहेकका कुनै पनि सेवा सञ्चालनमा रोक लगाइएको छ ।

    पछिल्लो समय कोरोना संक्रमितहरु होम आईसोलेसमा बस्ने अवधारणा अनुसार संक्रमित भएकाहरुलाई घरमै बस्ने छुट दिईए पनि संक्रमितबाटै वेवास्ता गरेर मनपरी गर्ने गरेका संक्रमण झन् बढ्दै गएको छ । कोरोना संक्रमण पुष्टी भएका व्यक्तिहरु होम आईसोलेसनमा बस्ने भनेर बजारमा डुल्ने गरेको अनौपचारिक रुपमा चर्चा हुने गरे पनि शुक्रबार त्यसको औपचारिक पुष्टी भएको छ ।

    नागरिक स्तरबाट नै सचेत भएर नलागेसम्म प्रशासन र स्वास्थ्यकर्मीले चाहेर मात्रै कोरोना नियन्त्रण गर्न नसकिने स्वास्थ्यकर्मीहरुको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend