मंगलबार, साउन २० २०८२

मंगलबार, साउन २० २०८२

प्रदीप नेपालले छाडे माधवको साथ

प्रदीप नेपालले छाडे माधवको साथ

काठमाडौं । नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका प्रदीप नेपालले एक साता नबित्दै माधवकुमार नेपालको साथ छाडेका छन् । 

प्रदीपले सोमबार सामाजिक सञ्चालमार्फत माधवको साथ छाडेको उल्लेख गरेका हुन् । उनले केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेमा पनि आफू नजाले बताएका छन् । 

प्रदीप नेकपा एकीकृत समाजवादी दल गठनका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका थिए । उनले मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादलाई अंगिकार गर्ने गरी आफूले माधव नेपाललाई साथ दिए पनि त्यस विषयमा धोका दिएकाले विदा लिएको बताएका छन् । 

केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिको आफूले सँधै विरोध गरेको उल्लेख गर्दै प्रदीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सँधै विरोधी हुँ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो, विदा ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend