काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ४८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा एक हजार १४९ जना र ४ हजार ७ एन्टिजेन परीक्षणमा ३७ जना गरी एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार २६० रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र एक हजार ६७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।