logo

२०८१ पुष १४ आइतबार

logo
  • आइतबार, १४ पुष २०८१
  • एमालेसँग सम्वाद गरेर मात्र बैठक राख्न सभामुखलाई दलहरुको सुझाव 

    एमालेसँग सम्वाद गरेर मात्र बैठक राख्न सभामुखलाई दलहरुको सुझाव 

    1.9K
    Shares

    काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् ।

    एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर बैठकमा एमालेका नेताहरु उपस्थित भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न सकेन । बैठकमा सहभागी दलका नेताहरुले एमालेसँग सम्वाद र समहमति गरेर मात्र बैठक बोलोन सुझाए । 

    बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनुभएको हुनाले कुनै निष्कर्षमा पुग्न सकिँदैन भन्ने आयो । प्रतिपक्षलाई सम्वादमा ल्याएर मात्र सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं ।’

    बैठकमा सभामुख सापकोटाले आफूले विहानसम्म पनि एमालेका नेतालाई बोलाउने प्रयास गरेको, तर सम्भव नभएको बताएका थिए । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार विहान भएको सम्वाद सुनाएका थिए । 

    दलका नेताले सोमबारको बैठकमा नजान भनेका कारण बैठकमा आउन नसक्ने उनले बताएका थिए । एमालेले कारबाही गरिएका १४ संसदको पद खारेज नगरेसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । एमालेले सभामुखले एमाले पार्टी विभाजन गर्न मुख्य भूमिका खेलेको आरोप समेत लगाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend