logo

२०८१ जेष्ठ ३२ शुक्रबार

logo
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • कांग्रेसद्वारा ऐतिहासिक र चुनौतीपूर्ण अवस्थाको सफल नेतृत्व : डिला संग्रौला

    कांग्रेसद्वारा ऐतिहासिक र चुनौतीपूर्ण अवस्थाको सफल नेतृत्व : डिला संग्रौला

    6.1K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले राष्ट्रका ऐतिहासिक र चुनौतीपूर्ण अवस्थाको सफल नेतृत्व कांग्रेसले गर्दै आएको बताएकी छिन् । 

    सातौँ संविधान दिवसको अवसरमा शुभकामना दिँदै २०७२ सालमा कांग्रेस (स्व.सुशील कोइराला)कै नेतृत्वमा संविधान लेखिएको स्मरण गर्दै उनले २००४ सालमै बिपीले गरेको परिकल्पना २०७२ सालमा पूरा भएको बताएकी हुन् । 

    २०६२(६३ को जनआन्दोलनपछि शान्तिपूर्णा राजनीतिक मोर्चामा तत्कालीन पार्टी सभापति स्व। गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सहभागी गराउने ऐतिहासिक चुनौती लिएको पनि उनले बताएकी छिन् । 

    संविधान दिवसको अवसरमा सम्पूर्ण नेतृत्वलाई स्मरण गर्दै उनले लेखेकी छिन्, ‘नेपाली जनताले आफ्नो संविधान आफैँ लेखेको दिन हो आज। २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट जारी गर्नुभएको संविधान नेपाल र नेपालीको एउटा ऐतहासिक दस्तावेज हो। २००४ सालमै बिपीले गर्नुभएको परिकल्पना २०७२ सालमा पूरा भयो, इतिहासमा पहिलोपटक नेपाली जनताले आफ्नो संविधान आफैँ लेख्न पाए। संविधानसभाको जग नेपाली कांग्रेसकै थियो। २०६२(६३को जनआन्दोलनपछि शान्तिपूर्णा राजनीतिक मोर्चामा तत्कालीन पार्टीसभापति स्व। गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर युद्ध गरिरहेको माओवादीलाई पनि सहभागी गराउने चुनौती लिनुभयो। देशको व्यवस्था परिवर्तन भयो। संविधानसभाको चुनाव भयो। २०७२ सालमा कांग्रेस९स्व।सुशील कोइराला०कै नेतृत्वमा संविधान लेखियो र असोज ३ गते जारी भयो। नेपाली कांग्रेसले राष्ट्रका यस्तै ऐतिहासिक र चुनौतीपूर्ण अवस्थाको सफल नेतृत्व गर्दै आएको छ। यो अवसरमा सम्पूर्ण ती नेतृत्वलाई स्मरण। अनि सारा नेपाली जनतालाई यो ऐतिहासिक दिनको हार्दिक बधाई।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend