माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको २०७७ पुस ५ को विघटनपछि आफ्नो अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीका अगाडि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प मात्र भएको बताएका छन् ।
अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले आफूले लड्ने विकल्प रोजेको बताए । सत्ताबाट सडकमा पुग्दा कार्यकर्ताले सहयोग गर्ने हो कि होइन भन्ने अवस्थामा आफूहरू पुसको चिसोमा पनि सडकमा आएको उनको भनाइ थियो । बाँकी भिडियोमा 👉