logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    रिलायन्स लाइफ इन्स्योरेन्स हरेक प्यारामिटरमा अगाडि छ, केही वर्षमा नम्बर वान बिमा कम्पनी हुन्छ – कँडेल

    रिलायन्स लाइफ इन्स्योरेन्स हरेक प्यारामिटरमा अगाडि छ, केही वर्षमा नम्बर वान बिमा कम्पनी हुन्छ – कँडेल

    10.7K
    Shares
    रिलायन्स लाइफ इन्स्योरेन्स हरेक प्यारामिटरमा अगाडि छ, केही वर्षमा नम्बर वान बिमा कम्पनी हुन्छ  – कँडेल

    बीमाको विषयमा समाजमा विभिन्न चर्चा हुन्छन्। जीवन बीमाले कसैलाई बेफाइदा नगर्ने रिलायन्स लाइफ इन्स्योरेन्सका नायव कार्यकारी अधिकृत (डेपुटी सिईओ) निराजन कँडेलको भनाइ छ। बीमाको विषयमा सार्वजनिक हुने भ्रम र यथाार्थको विषयमा कँडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

    आजको व्यस्तमा जीवनमा बीमा अत्यावश्यक आवश्यकता विषय बनिसकेको छ। सर्वसाधारणलाई गाँस, बाँस र कपासजस्तै जीवन बीमा पनि त्यतिकै अनिवार्य जस्तै बनिसकेको छ। मान्छे बाँचुन्जेलसम्म गाँस, बास र कपासको महत्व हुन्छ वा अर्थ राख्छ। मान्छे मरिसकेपछि यसको अर्थ रहँदैन्। तर जीवन बीमा भनेको कुनै भवितव्य घटनाले मानिसको मृत्यु भइसके पनि यसले मृतकको परिवारलाई आहतमा राहतको काम गर्छ। अर्थात् पीडादायी समयमा जीवन बीमाले मलम लगाउन ठूलो काम गर्छ।

    ‘गाँस, बास र कपास कतिवेलासम्म काम लाग्छ, जति बेलासम्म तपाई बाँचिरहनु हुन्छ। तपाईँ नभएको अवस्थामा गाँस, बास र कपासलाई कसले विस्थापित गर्छ ? जीवन बीमाले नि रिप्लेस गर्छ नि,’ रिलायन्स लाइफ इन्सुरेन्सका सहायक कार्यकारी अधिकृत निराजन कँडेलले बताए।

    कँडेलकाअनुसार नेपालमा खासगरी दुई  प्रकारको बीमा सुविधा उपलब्ध छन्। एउटा मानिसलाई गरिने जीवन बीमा र अर्को सवारी साधन, घर, व्यवसाय, पसललगायतको गरिने निर्जीवन बीमा। निर्जीवन बीमाजस्तै पछिल्लो समयमा जीवन बीमातर्फ पनि सर्वसाधारणको आकर्षण बढ्दै गएको कँडेलको भनाइ छ।

    उनकाअनुसार जीवन बीमा भनेको दीर्घकालीन बचत प्रणाली हो। यो बचत प्रणालीलाई कार्यान्वयनमा ल्याउँदा भविष्यमा यसबाट विभिन्न प्रकारको सुविधा लिन सकिन्छ। बीमा भनेको भवितव्य वा कालगतिले मरेर जाने आश्रितको परिवारले पाउने रकम हो भनेर सर्वसाधारणमा गलत सोच पलाएको वा बुझाई रहेको कँडेलले जानकारी दिए।

    ‘बीमा भनेको आफ्नो लागि गर्ने हो। आफ्नो भविष्यको लागि गर्ने हो। बालबालिका र  परिवारको भविष्य उज्जवल बनाउनका लागि गर्ने हो’, उनले भने, ‘बुढेसकालमा रिटायर्ड जीवन सहज रुपमा बिताउनका लागि गर्ने हो।’

    बुझ्ने सर्वसाधारणले पनि समय र जागिर भएको समयमा यसप्रकारको बचत गरी जीवन बीमा नगरेका कारण बुढेसकालमा विभिन्न प्रकारको दुःख भोगेको दर्जनौं घटना हाम्रै वरिपरी भेट्न सकिन्छ। बचत नगरिएका कारण घरका मूल कमाउने व्यक्तिको निधन हुँदा उनको परिवार र बालबालिकाको भविष्य अन्धकारमा परेको पर्याप्त उदाहरण हाम्रै समाजमा भेट्न सकिन्छ।

    यस्ता घटनाबाट पाठ सिकेर समय रहँदै र जागिर अवधि रहेकै अवस्थामा बचत गर्ने बानी बसालेर विभिन्न प्रकारको जीवन बीमा गर्न सकिन्छ।

    बीमा गर्न लाग्ने खर्च कसरी व्यवस्थापन गर्ने ?
    आफ्नो घरमा हुने सबै प्रकारका अनावश्यक खर्च कटौती गर्ने। यसरी अनावश्यक खर्च कटौती गरेर कूल आम्दानीबाट अनिवार्य रुपमा कम्तिमा १० प्रतिशत रकम बचत गर्ने। उक्त रकम जीवन बीमामा बचत गर्न सकिन्छ।

    यसरी हरेक महिनामा अनावश्यक खर्च काटेर १० हजार मात्रै बचत गर्न सकियो भने यसले भविष्यमा सबैभन्दा ठूलो उपलब्धी हासिल गर्न सहयोग गर्छ। सबै खर्च कटाएर महिनामा १० हजार बचत गर्दा लाइफ स्टाइलमा कुनै समस्या गर्दैन्।

    यसरी प्रत्येक महिनामा १० हजारको दरले बचत गर्ने हो भने १ वर्षमा १ लाख २० हजार जम्मा हुन्छ। यसैगरी १० हजारको दरले २० वर्षसम्म बचत गर्न सकियो भने २४ लाख जम्मा हुन्छ।

    जीवन बीमामा लगानी, फाइदै–फाइदा
    बचत गर्ने विषयलाई कडाईका साथ पालना गर्नैपर्छ। जीवन बीमाबाट दुई प्रकारको फाइदा छ। दीर्घकालीन रुपमा राम्रै रकम बचत हुन्छ। समय पुगेपछि राम्रो सञ्चित रकम पाइने भयो।  अर्को फाइदा भनेको यसरी बचत गर्दागर्दै बीचमै कुनै भवितव्य भइहाले छुट्टै रकम पाइने भयो।

    यसरी बचत गरेको रकम २० वर्षे जीवन बीमामा लगानी गर्दा विभिन्न प्रकारका फायदा प्राप्त हुने कँडेलको भनाइ छ। २० वर्षसम्म नियमित रुपमा १० हजारकै दरले जम्मा गर्ने हो भने २४ लाख बचत हुन्छ। बीमा योजनाको अवधि पुगेपछि त्यसमा बोनसलगायत नियमअनुसार पाउनुपर्ने अन्य सुविधा जोडेर २० वर्षपछि ठूलो रकम हात पर्छ। यो रकमले त्यो बेला आफूलाई आवश्यक पर्ने ठूलो योजनालाई साकार पार्न सकिन्छ।

    यसबाहेक जीवन बीमा गरिसकेको अवस्थामा एक वा दुई किस्ता मात्रै बुझाएको अवस्थामा बीमा गर्ने व्यक्तिको कुनै भवितव्य घटनाका कारण निधन भयो भने तत्कालै तोकिएको निश्चित रकमबराबरको भुक्तानी(रिस्क कभरेज) पनि प्राप्त हुन्छ, जसले गर्दा त्यस्तो परिस्थितिमा निधन भएको व्यक्तिको परिवार र बालबालिका बिचल्लीमा पर्नबाट सहज रुपमा जोगाउन सहयोग प्रदान गर्छ।

    आफू र आफ्नो परिवारको सुनिश्चित भविष्यको लागि आफ्नो कमाईअनुसार कम्तिमा १० प्रतिशत जोगाएर बीमा गराउनै पर्छ।

    रिलायन्स लाइफ इन्सुरेन्स कस्तो कम्पनी हो ?
    पछिल्लो समयमा इन्सुरेन्स कम्पनीतर्फ करिब २ दर्जन कम्पनी सञ्चालनमा आएका छन्। यसमध्ये रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी पनि एक हो।  रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीलाई सिद्धार्थ बैंक, ठूलो व्यापारिक घराना केडिया समूह र अग्नि समूहले प्रवद्र्धन गरेको छ।

    रिलायन्सले करिब १ वर्षअघि मात्रै आईपीओ पनि सार्वजनिक गरिसकेको छ। यसको ७० प्रतिशत प्रमोटर शेयर छ भने ३० प्रतिशत पब्लिक शेयर छ। देशभर गरेर १ सय १९ शाखा विस्तार गरी सेवा  प्रदान गर्दैआएको यो सबैभन्दा ठूली कम्पनी हो।

    रिलायन्स जीवन बीमा कम्पनी भएकाले जीवन बीमा योजनालाई यसले बढी प्रवद्र्धन गर्छ। यसले मुख्य गरी सेभिङ प्लानलाई अफर गर्छ। नियमित रुपमा निश्चित रकम तोकिएको अवधिसम्म प्रिमियम वापत जम्मा गर्दा उक्त तोकिएको अवधी(मेच्युरिटी) पुगेपछि जम्मा भएको कूल रकमका साथै बोनस पनि सुविधा जीवन बीमामा छ। यसबाहेक यसले कुनै भवितव्य भइहाले रिस्क कभरेज दिएर परिवारलाई बिचल्लीमा राख्नुको साटो अघि बढ्न ठूलो सहयोग प्रदान गर्छ।

    सरकारी नीति र निर्देशनभित्र रहेर चलेको यो कम्पनी स्थापना भएको ४ बर्षको अवधीमा झण्डै ४० हजारभन्दा बढी सर्वसाधारणको जीवन बीमा गर्न सफल भएको छ।

    यो कम्पनीले हालै दुर्घटनामा निधन भएको एक व्यक्तिको परिवारलाई साढे दुई करोड रुपैयाँ बीमा वापत भुक्तानी गरेको छ। निधन भएको व्यक्तिले जीवन बीमाको खाता खोलेपछि जम्मा एक पटक मात्रै तोकिएको प्रिमियमवापतको किस्ता रकम बुझाएका थिए। तर पनि उनको परिबाले साढे दुई करोड रुपैयाँको भुक्तानी प्राप्त गरे।

    कस्तोले बीमामा जम्मा गरेको रकमको भुक्तानी पाउँदैनन् ?

    बीमा गरेको व्यक्तिले आत्महत्या गरेको अवस्थामा २ वर्षभित्रमा क्लेम गर्न पाइदैन्। युद्धमा सहभागी हुनेले भुक्तानी पाउँदैनन्। लाइन्सेन्स नपाएका व्यक्ति प्याराग्लाइडिङ गरिरहेको अवस्थामा उनको दुर्घटना हुँदा भुक्तानी पाइदैन्।

    बालबालिकाको पढाइ लेखाइसम्बन्धी पनि बीमा हुन्छ त ?
    हो, बालबालिकाको उच्च शिक्षाका लागि पनि बीमा हुन्छ। उदाहरणका लागि बालबालिका पढ्दा पढ्दै ठूलो भइसके। अब उनीहरुलाई उच्च शिक्षा दिलाउनु छ। तर ठूलो रकमको जोहो गर्न सकिए पनि उनीहरुलाई उच्च शिक्षा दिलाउन सम्भव हुँदैन्। यस्तो अवस्थामा बालबालिका प्लानअन्तर्गतको बीमाले ठूलो सहयोग प्रदान गर्छ।

    उदाहरणका लागि १ वर्षको बच्चा छ भने २० वर्षको लागि बीमा योजना छनोट गर्नुपर्छ। कति रुपैयाँ बराबरको बीमा गर्ने हो, त्यो आफ्नो क्षमताअनुसार छनोट गर्ने हो। त्यसपछि नियमित रुपमा तोकिएको प्रिमियमवापतको रकम जम्मा गर्नुपर्छ।

    यसमा अभिभावकको उमेरलाई आधार बनाएर प्रिमियम तोकिन्छ। यदि २० वर्षका लागि २० लाख रुपैयाँको बच्चा प्लानअन्तर्गत बीमा गरिएको छ भने ४० देखि ४५ लाख रुपैयाँ रिटर्न हुने अवस्था हुन्छ।

    यसमा वर्षमा १ लाख रुपैयाँ प्रिमियमवापत जम्मा गर्नुपर्छ। यस अन्तर्गत पनि एक वा दुई किस्ता मात्रै बुझाएको अवस्थामा बीमा गर्ने अभिभावकको निधन भयो भने तत्कालै २० लाख रुपैयाँ तत्कालै पाइने हो। यसबाहेक जति वर्षका लागि गरिएको हो, त्यो अवधी पुगेपछि छुट्टै रकम पाइन्छ। यस्तो हुँदा अभिभावक हुँदा वा नहुँदा पनि बच्चाको उच्च शिक्षा दिन पैसाको जोहो गर्न कुनै समस्या भएन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend