logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • शाओमीले सार्वजनिक गर्‍यो ११ लाइट एनई ५ जी 

    शाओमीले सार्वजनिक गर्‍यो ११ लाइट एनई ५ जी 

    7.5K
    Shares

    काठमाडौं । देशको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले सोमबार शाओमी ११ लाइट एनई ५ जी सार्वजनिक गरेको छ । यो संगै शाओमी ११ सिरिजलाई थप विस्तार गरेको छ । प्रयोगकर्ताको अनुभवलाई एकस्तर माथि लैजाँदै, शाओमी ११ लाइट एनई ५ जी स्मार्टफोनमा नयाँ लुक दिइएको छ । आधुनिकता खोज्ने उपभोक्ताको चाहनाअनुसार यसको डिजाइनमा निक्कै ध्यान दिइएको छ ।

    शाओमी ११ लाइट एनई ५ जी ले १२५ जी ब्यान्डलाई सर्पोट गर्छ । यसले ग्लोबल ५ जी कोसमेत अनुभव प्रदान गर्दछ । यो मोवाइलमा क्वालकम स्न्यापड्रागन ७७८ जी र उत्कृष्ट प्रदर्शनको लागि सुधारिएको सफ्टवेयरको समिश्रण गरिएको छ । यसलाई एनएफसी बिल्ट–इनका साथ लोड गरिएको छ । डोल्बी भिजनको साथ यो स्मार्टफोन आफ्नो क्षेत्रको पहिलो १०–बिट स्मार्टफोन पनि हो ।

    शाओेमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने,‘विगत केही बर्ष देखि विभिन्न श्रेणीमा उत्कृष्ट उत्पादनहरु प्रस्तुत गर्ने हाम्रो निरन्तर प्रयासको साथ हामी प्रीमियम सेगमेन्ंटमा सफलता प्राप्त गर्न सफल भएका छौंँँ । यो बर्षको सुरुआति समयमै मी लाइटको लन्चसँंगै हामीले हाम्रा ग्राहकहरुको लागि पहिलो जीवनशैली उन्मुख स्मार्टफोनको लन्च गरेका थियाँै । जसले प्रीमियम डिजाइनको साथ प्रदर्शनको महत्वलाई प्रस्तुत गरेका छौं ।’ 

    ५ जी भेरियन्टलाई भित्राउने प्रतिवद्धतालाई पूरा गर्दै सन् २०२१ को सबैभन्दा स्लिम र हल्का ५ जी स्मार्टफोन शाओमी ११ लाइट एनई ५ जी लिएर आएको कोठारीले जानकारी दिए । 

    विश्वभरमा साओमी ब्रान्डको उपस्थितिलाई बलियो बनाउने उद्देश्यले शाओमी ११ लाइट एनई ५ जीे नयाँ ब्राण्डमा आउने पहिलो फोन बनेको छ । 

    ८ जीवी रयाम र २५६ जीबी मेमोरी क्षमताको मोवाइलको मूल्य ४८ हजार ९ सय ९९ र ८ जिबी रयाम र १२८ जीवी मेमोरी क्षमताको मोवाइललाई ४५ हजार ९ सय ९९ रुपैयाँ उपभोक्ता मूल्य तोकिएको छ । यो मोवाइल डायमण्ड ड्याजल, टस्कनी कोरल, ज्याज ब्लु र बिनाइल ब्ल्याक रंगमा नेपालभरको आधिकारिक स्टोरमा उपलब्ध छ । 

    शाओमी ११ लाइट एनई ५ जी मिनिमलिस्ट डिजाइनका साथ आएको भव्य स्मार्टफोन

    आफ्नो पूर्ववर्तीको विरासतलाई जारी राख्दै शाओमी ११ लाइट एनई ५ जी पातलो मोवाइल सेट हो । यसको तौल १५८ ग्राम मात्र छ । जसले यसलाई सन् २०२१ को सबैभन्दा पातलो र हलुका स्मार्टफोनको रुपमा स्थापित गरेको छ । 

    ताजा लुक्स प्रदान गर्दै शाओमी ११ लाइट एनई ५ जी एक स्मुथ एन्टी–ग्लेयर म्याट–फिनिश फ्रोस्टेड गिलासको साथ आउँछ । जसले फिंगरप्रिन्टको दागलाई कम गर्न मद्दत गर्दछ । इन–ह्याण्ड पकडको प्रस्तुत गर्दै डिजाइनलाई रेजरको जस्तो पातलो १.८८ मिलिमिटरको बेजलद्वारा दुबै माथि र छेउ मा अधिकतम स्क्रीन आकारको लागी जोडिएको छ । स्मुथ अनलक अनुभवलाई प्रस्तुत गर्दै यो उपकरणले एक कभ्र्ड आर्क डिजाइन साइड फिंगरप्रिन्ट सेन्सर समेटेको छ । जसलाई निर्बाध रूपमा फर्म फ्याक्टरमा एकीकृत गरीएको छ ।

    डल्बी भिजनका साथ इन्ह्यान्स्ड १० बिटको एमोलेड अनुभव
    शाओमी ११ लाइट एनई ५ जीले नवीनतम र सबैभन्दा राम्रो ६.५५ इन्चको एफएचडी एमोलेड डट डिस्प्ले इमर्सिभ भ्युइंग अनुभवको लागी प्रदान गर्छ । मी ११ अल्ट्रााबाट प्रेरित रहेको शाओमी ११ लाइट एनई ५ जीएक सेग्मेन्ट–पहिलो १०–बिट स्मार्टफोन हो । जसले डल्बी भिजन डिस्प्लेसंग र एच आरडी १०+ सपोर्ट प्रदान गर्छ ।  १०–बिट डिस्प्लेले १ बिलियनभन्दा बढी रंगहरु र ८–बिट डिस्प्लेभन्दा ६४ गुणा बढीको डिस्प्लेको गुणस्तरता उत्पादन गर्न सक्छ । 

    नयाँ स्मार्टफोन मा रहेको डल्बी भिजन नेटफ्लिक्सबाट पनि प्रमाणित छ । जसले प्रयोगकर्ताहरुलाई आफ्नो सबैभन्दा मन पर्ने डल्बी भिजन समर्थित नेटफ्लिक्स टाइटलकोे मज्जा लिनका लागि सहयोग गर्छ । यो १ अर्ब कलर डिस्प्ले मा एचडीआर १०+ संग क्लब गरीएको छ । 

    यसमा १००% डिसिआइ–पी ३ को कलर ग्यामटको सुविधा छ । जसले ज्वलन्त इमेजरी, उच्च रंगको सटीकता र रंग प्रतिधारणलाई सुनिश्चित गर्दछ । यसमा ९० हर्ज रिफ्रेस दर र २४० हर्ज टच स्याम्पलिंग दरको संयोजन गरिएको छ । टिकाउपनको लागि यसको अगाडि कोनिंर्ग गोरिल्ला ग्लास ५ को साथै बलियो सुरक्षित प्याकेजिङ गरेर आउछ । आँखाको हेरचाह गर्ने सुविधाका साथ ३६० एम्बियन्ट लाइट सेन्सर, सनलाइट मोड ३.०, र रिडिंग मोड ३.० का साथ आउँछ । यसले गर्दा आँखाको तनावबाट जोगाउन सहयोग गर्छ । 

    ट्रुु्र–टु–कलर भिजुअलका साथ समान रूप देखि ज्वलन्त ध्वनि गुणस्तर आउँछ ।शाओमी ११ लाइट एनई ५ जीले हाई रिजोल्यूशन अडियो सपोर्टको साथ एक दोहोरो स्टीरियो स्पीकर सेटअपलाई प्याक गर्दछ जसले कन्टेन्ट स्ट्रिमिंगलाई अझ इमर्सिभ बनाउँछ।

    ५०ं डिरेक्टर मोडका साथ ६४ मेगापिक्सेलको क्यामेरा

    यो मोवाइल सेटमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा संगै ट्रिपल क्यामेरा सेटअप सुविधा जडान गरिएको छ । ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल र ५ मेगापिक्सेलको टेली–म्याक्रो क्यामेरा जडान छ । यसमा २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि छ । 

    शाओमी ११ लाइट एनईमा क्यामेरा सेटअप ५०+ निर्देशक मोडमा प्याक गरिएको छ । जसलाई स्टेलर भिडियो बनाउनको लागी प्रयोग गर्न सकिन्छ । 

    ३ वर्षको एण्ड्रोइड अप्डेटको साथ लेटेस्ट मीयुआई १२.५

    यसमा लेटेस्ट मियुआई १२.५ को प्रयोग गरिएको छ । मीयुआई १२.५ ले प्रयोगकर्तालाई कोर सिस्टम एप्लिकेशन हटाउन र अनइन्स्टल गर्न सहयोग गर्छ । शाओमी ११ लाइट एनई ५ जीमा ३ बर्ष एन्ड्रोइड अपडेट र ४ बर्षको सुरक्षा अपडेटको सुविधा सुनिश्चित गरिएको छ ।

    शक्तिशाली ब्याट्री

    पातलो र हलुका स्मार्टफोन भएता पनि शाओमी ११ लाइट एनई ५ जीमा ठूलो ४२५० एमएएचको ब्याट्री जडान गरिएको छ । एक पटक चार्ज गर्दा दिनभर यो मोवाइल चलाउन मिल्छ । यसलाई सजिलै ०–५०% मात्र २० मिनेटमै चार्ज गर्न सकिन्छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend