logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • भरतपुर महानगरको विकास देखेर केही मान्छे अतालिए : रेणु दाहाल 

    भरतपुर महानगरको विकास देखेर केही मान्छे अतालिए : रेणु दाहाल 

    9.5K
    Shares

    चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको विकास देखेर  केही मान्छे अतालिएको बताएकी छन्। कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महानगर प्रमुख रेनु दाहाललाई चितवनबाट लखेट्नुपर्ने अभिव्यक्ति दिएपछि उनले यस्तो बताएकी हुन्। मेयर दाहालले आफ्नो कामलाई देखेर जनता खुशी भएको अवस्था देखेर केही व्यक्ति आत्तिएको बताएकी हुन्। उनले सस्तो लोकप्रियताका लागि अनावश्यक आरोपको खेलमा नलाग्न चुनौतीसमेत दिएकी छन्। मेयर दाहालसँग सुनौलो नेपालले गरेको  कुराकानीको सम्पादित अशं :

    सबैभन्दा पहिला विकासका कुरा गरौँ। तपाईं मेयर भएपछि भरतपुर महानगरमा के गर्नुभयो ? 

    जनताको विश्वासको आधारमा हामीले विकासका काम गरेका छौँ। सबैभन्दा ठूलो कुरा जनताले हामीलाई विश्वास गरेका छन्। जनताले विकास चाहेका छन्। यत्तिका वर्षसम्म यहाँका जनताले निर्वाचनमा मत दिएर पठाउने, सांसद र मन्त्री बनाउने काम गरेका छन्। हामीले विकासका लागि सानो सानो कुरा गर्नुपर्छ। पिच भएको सडक हेर्न भरतपुरको बजार क्षेत्र पुग्नु पथ्र्यो।  बजार क्षेत्रमा पनी जीर्ण र भत्किएका सडक थिए। चार वर्षको दौरानमा हामी दाबाका साथ भन्छौँ, भरतपुरमा हामीले सोच्दै नसोचेको विकास भएको छ। एउटा व्यक्ति नेतृत्वमा आएपछि उसले सबै स्वार्थभन्दा माथि उठेर काम गर्छ भन्ने कुरा प्रष्ट भएको छ। यो मैले भन्ने कुरा होइन, आम भरतपुरबासीले भन्नु भएको छ। यहाँका जनप्रतिनिधिले भन्नु भएको छ। महानगरपालिकाभित्र विभिन्न पार्टीका प्रतिनिधि हुनुहुन्छ। यहाँ वास्तवमा यो पार्टी त्यो पार्टी भन्ने कुरा छैन। सबैको क्षेत्रमा सन्तुलित विकास भएको छ। सबै वडाअध्यक्षले ल्याएका योजना कार्यान्वयन भएका छन्। उहाँहरुले खुशी व्यक्त गर्नुहुन्छ। समग्र विकासको स्थिति र जनतामा एक खालको विश्वास पलाएको देखेर एक खाले मान्छेहरु आत्तिएर विकासलाई आत्मसाथ गर्न सकिरहेका छैनन्। आफू जनताको मन जितेर काम गर्न नसक्ने तर आरोप प्रत्यारोप गरेर बस्ने काम गरेका छन्।

    hari khadka.jpg

    तपाईंले कार्यकर्तालाई पैसा बाँड्नु भयो भन्ने आरोप चाहिँ के हो त ? 

    मैले किन पैसा बाँड्ने ? ल एउटा मात्र प्रमाण दिनुहोस् पैसा बाँडेको। मैले कहाँ पैसा बाँडे ? अनावश्यक कुरा नगरौँ। पैसा बाँड्ने हैसियत भएको मान्छे पनि होइन। मैले चुनावमा त त्यो गरिन। अहिले महानगरको मेयर भएर काम गर्दा यस्तो काम कसरी हुन्छ ? मान्छेले भगवानको पनि विरोध गर्छन्। भरतपुर महानगरका आम नागरिक मेरो कामबाट प्रभावित भएका छन्। म चुनौती दिन्छु, रेनु दाहालले कहीँकतै पैसा बाँडेको भए प्रमाण दिनुहोस्। कामले जनता आश्वस्त हुन्छ भने त्यहाँ मेरो के गल्ती छ र ? भरतपुरमा यत्तिको विकास भएको छ भनेर महानगरबासीले भनेका छन्। विरोध गर्ने ठाउँ नै नभएपछि लगाइएको यो आरोप मात्र हो। हामीलाई विश्वास गरे भनेर डाहा गरेर मात्र हुँदैन। काममा प्रतिस्पर्धा गर्न म चुनौती दिन्छु। रेणु दाहालसँग कामको मात्र प्रतिस्पर्धा हुन्छ। मेरो ध्यान विकासमा केन्द्रित छ। हिजो त्याग गरेर राजनीतिमा प्रवेश गरेकी हुँ। अहिले पनि विकासमा केन्द्रित छु।

    के साँच्चै विरोधी तपाईंको काम देखेरै अत्तालिएका हुन् त ? 

    सस्तो लोकप्रियता र प्रचारमा आउनका निम्ति जनता र कार्यकर्ताको मन जित्ने होइन कि अरुलाई गाली गरेर माथि जान्छु भनेर सोच्ने यो जमाना हो ? गाली गर्न हामीलाई पनि आउँछ। अबको राजनीति कामको आधारमा प्रतिस्पर्धा हो। जनताले पनि त्यही खोजेका छन्। जसले जनताको आवश्यकतालाई महत्व दिन्छ त्यसलाई जनताले साथ दिन्छन्। त्यसमा आत्तिएर हुँदैन।

    तपाईंलाई जसले मत दियो उसैले किन यस्तो आरोप लगायो त ? 

    यो सब देखेर मलाई पनि अचम्म लाग्छ। गठबन्धन भनेको दोहोरो हुन्छ। यो लेनदेनको सिद्धान्तमा आधारित हुन्छ। भरतपुरमा मात्र गठबन्धन भएको थियो। गठबन्धन नभएको भए कांग्रेसले भरतपुरमा उपमेयरसमेत नपाउने अवस्था त देखिएको छ। गठबन्धन कुन अवस्थामा भएको थियो भन्ने कुरा आलोचना गर्नेहरुले बुझ्नुपर्छ। यो समयमा मेराविरुद्ध यस्तो टिकाटिप्पणी आवश्यक छैन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र रेणु दाहाललाई किन चितवनबाट लख्ट्नुपर्ने ? रेणु दाहालले कहाँ गल्ती गर्या छ ? मैले गल्ती गरेको भए जितनारायणजीले भन्नुपर्छ। उहाँले मर्यादा बिर्सिएर लखेट्ने कुरा गर्नु भएको छ। यो त मर्यादा भन्दा बाहिरको कुरा होइन ? गठबन्धन हुँदा मलाई कसैले माया गरेर भोट हालेको त होइन। दुई पक्षीय आवश्यकता महसुस गरेर गठबन्धन भएको कुरालाई कसैले बिर्सनु हुँदैन। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend