logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • पाँच वर्षको वारेन्टी सहित नेपाली बजारमा आए नयाँ इलेक्ट्रिक स्कुटर

    पाँच वर्षको वारेन्टी सहित नेपाली बजारमा आए नयाँ इलेक्ट्रिक स्कुटर

    7.8K
    Shares

    काठमाडौं । सुन्दर ट्रेडर्सले बजारमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । बिहिबार सुन्दर ट्रेडर्सले एक कार्यक्रम गरी नयाँ ५ मोडलमा इलेक्ट्रिक स्कुटरहरु सार्वजनिक गरेको हो ।

    यो स्कुटरको वारेन्टी ५ वर्षको हुने र यसका पार्टपूर्जाहरु पनि सस्तो रहेको ट्रेडर्सले जनाएको छ । स्कुटर सार्वजनिक गर्दै सुन्दर ट्रेडर्सका अध्यक्ष भेषबहादुर थापाले उक्त स्कुटरको चार्ज, ब्याट्रीको बारेमा जीपीएसबाट हेर्न सकिने जानकारी दिए ।

    उनले आगामी केही दिनमा नै सुन्दर ट्रेडर्सले पहाडी क्षेत्रमा सञ्चालन गर्न सकिने विद्युतीय मोटरसाइकल र कारहरु आयात गर्ने बताए ।

    यो स्कुटरको वारेन्टी ५ वर्षको हुने र यसका पार्टपूर्जाहरु पनि सस्तो रहेको उनले जानकारी दिए । इन्धनको भारलाई कम गर्न विद्युतीय सवारीसाधनमा जोड दिएको बताए ।

    अबको महिना दिनमा सुन्दर यातायातले पठाओको झैँ सेवा सुचारु गर्ने बताउँदै त्यसका लागि २५० वटा मोटरसाइकलहरु तयार गरेको उनको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend