logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • शिवम् सिमेन्ट्सको साधारणसभा भोलि, २९ प्रतिशत लाभांश पारित गर्ने 

    शिवम् सिमेन्ट्सको साधारणसभा भोलि, २९ प्रतिशत लाभांश पारित गर्ने 

    2.5K
    Shares

    काठमाडौं । शिवम् सिमेन्ट्सको साधारणसभा भोलि मंगलबार बस्ने भएको छ । शिवम्‌ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित २९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजे सभा आह्वान गरेको हो ।

    कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुने कम्पनीले जनाएको छ । शिवम सिमेन्ट्सले दिन लागेको यो अहिलेसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले सेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
     
    सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफारनोक्सान, नगद प्रवाहलगायतको विषयमा छलफल गर्ने एजेन्डा छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गरेको छ । यसअनुसार ७ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend