डोटी । बुडर जोरायल गडसेरा सडक र सहजपुर–बिपिनगर सडक २०४२ सालमासँगै सिलान्यास भएको थियो । संयोगबस सडक निर्माण सुरुभएको ७ बर्षपछि अहिले दुवै सडकमा संगै पिचको काम पनि भैरहेको छ ।
तर कामको गति र गुणस्तर भने आकास पताल जस्तै फरक छ । जोरायल गाउपालिका अन्तर्गत बुडर जोरायल सडकको सुपरिवेक्षण गर्ने जिम्मा निमित्त डिभिजन प्रमुख रामचन्द्र खत्रीले लिएका छन् । यस सडकको हाकिम पुरुष छन् ।
सहजपुर–बोगटान सडकको सुपरिवेक्षण डिभिजन प्रमुख कल्पना अधिकारी छिन् । उनी महिला हाकिम हुन् । दुवै सडकको दररेट र लागत बराबरी छ । बुडर जोरायल सडक निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा हो । यसको ठेकेदार भिम बहादुर साउद छन् ।
बुडर जोरायल सडक भने गुणस्तरहीन र जताततै अस्तव्यस्त बनाईएको छ ।