logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • दूधमा प्रतिलिटर ८ देखि १० रुपैयाँ बढ्दै

    दूधमा प्रतिलिटर ८ देखि १० रुपैयाँ बढ्दै

    11.1K
    Shares

    काठमाडौं । सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ ।

    सरोकारवाला पक्षको प्रस्तावमा दुग्ध विकास बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म बृद्धि गर्ने गृहकार्य गरेको छ ।

    दुग्ध विकास बोर्डमा सोमबार बसेको सर्वपक्षिय छलफलमा प्रति लिटरमा ८ देखि १० रुपैयाँ बृद्धि गर्नुपर्ने सुझाव सरोकारवाला निकायका प्रतिनिधीहरुले दिएका छन् । बोर्डको अध्यक्ष डा.राजेन्द्र यादबको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एशोसिएसन, नेपाल डेरी उद्योग संघ, दुग्ध विकास संस्थान(डीडीसी) र कृषि मन्त्रालयको प्रतिनिधी सहभागी थिए ।

    स्रोतकाअनुसार छलफलमा सहभागी भएका सबैले प्रति लिटरमा ८ देखि १० रुपैयाँ बृद्धि गर्न साझा सुझाव दिएका थिए । बोर्ड पनि ८ देखि १० रुपैयाँको बीचमा रहेर मूल्य बढाउन तयार भएको छदफलमा सहभागी एक अधिकारीले जानकारी दिएका छन् । स्रोतले भन्यो, ‘मूल्य बृद्धि गर्ने सबालमा करिब टुंगो लागिसकेको छ, आजैभोलीमा नयाँ मूल्य सार्वजनिक हुँदैछ ।’

    पछिल्लो समयमा दाना, चोकरको मूल्य बृद्धि भएको, बन्दाबन्दीका कारण किसानहरुलाई दूधको बजार नपाएर घाटा व्यहोर्न बाध्य भएको र दूधको लागत खर्च निक्कै महँगिएर धान्नै नसक्ने अवस्था आइपुगेको भन्दै केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले पछिल्लो समयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लबिंग गर्दैआएको थियो । सबै बस्तुको मूल्य बृद्धि भएपनि पछिल्लो ३ बर्षदेखि दूधको मूल्य समायोजन भएको थिएन् ।

    मन्त्रालयले यो बारेमा दुग्ध विकास बोर्डलाई आवश्यक छलफलका लागि जिम्मा दिएको थियो । किसानहरुले प्रति लिटरमा १० रुपैयाँसम्म बृद्धि गर्न माग गर्दैआएका छन् । केही समयअगाडि माइतिघर मण्डलमा किसानहरुको एक समूहले दूधको मूल्य बृद्धि गर्न धर्ना र प्रदर्शनसमेत गरेका थिए ।

    सरकारी नियमअनुसार दूधको मूल्य बृद्धि हुँदा बृद्धि हुने रकमबाट ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत उद्योगलाई जाने व्यवस्था छ । नेपालमा वार्षिक २४ लाख मेट्रिक टन दूधको उत्पादन हुन्छ । यसमध्ये औपचारिक क्षेत्रमा १५ देखि १७ प्रतिशत मात्रै दूध आउँछ । बाँकी स्थानीय तहमै खपत हुने गर्छ । पहुँच मार्ग र ढुवानी साधनको अभावका कारण उत्पादित दूध बजारमा आउन सकेको छैन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend